काठमाडौँ – सर्वोच्च अदालतले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी ओलीको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेपका) राख्न दिएको निर्वाचन आयोगको निर्णय खारेज गरेको छ ।


ADVERTISEMENT


आइतबार न्यायाधीशद्धय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले प्रचण्ड–ओली पक्षलाई नेकपा नाम दिने आयोगको निर्णय खारेज गर्दै ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ ।


ADVERTISEMENT

# # #


२०७५ जेठमा तत्कालीन ओली नेतृत्वको नेकपा एमाले र प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रबीच पार्टी एकता गर्दैै नेकपाको घोषणा गरिएको थियो । घोषणापछि निर्वाचन आयोगमा नेकपा नामले उक्त पार्टी दर्ता भएको थियो ।

आयोगले ओली–प्रचण्ड नेतृत्वको पार्टीलाई नेकपा नाम राख्न दिएपछि आफ्नो पार्टीसँग नाम मिलेको भन्दै ऋषि कट्टेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

यस्तो छ फैसला :