काठमाडौँ – सर्वोच्च अदालतले पूर्व एमाले र माओवादी केन्द्र बीचको एकतापछि निर्माण भएको ओली–प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (ने क पा)लाई भंग गरिदिएको छ ।


ADVERTISEMENT


आइतबार ऋषि कट्टेल नेतृत्वको (नेकपा)को पक्षमा फैसला सुनाएसँगै सर्वोच्चले नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको एकतालाई नै अस्वीकार गरिदिएको छ ।


ADVERTISEMENT

# # #


सर्वोच्चको फैसलासँगै ओली–प्रचण्ड नेतृत्वको ने क पा एकता गर्नुअघिको अवस्थामा आइपुगेको छ । अर्थात नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँतिएका छन् । सर्वोच्चले एकता गर्ने भए निर्वाचन आयोगमा राजनीनतक दल सम्बन्त्री ऐन तथा नियम विपरित नहुने गरी निर्णय गरी निर्वाचन आयोगमा उपस्थित हुन आदेश दिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (ने क पा) दर्ता गर्ने आयोगको २३ जेठ २०७५ को निर्णय र त्यसलाई सदर गर्न ९ कात्तिक २०७५ को निर्णय बदर गर्दै सर्वोच्चले साबिकमा निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम रहने बताएको छ ।

आदेशमा भनिएको छ, ‘अब यी दुई राजनीतिक दलले एकीकरण गर्ने भए राजनीतिक दलसम्बन्धी ऐन तथा नियम विपरीत नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिई शीघ्र कानून बमोजिम आवश्यक निर्णय गर्नू गराउनू भनी विपक्षीमध्येका निर्वाचन आयोगका नाममा परामादेश समेत जारी गरिएको छ ।’