काठमाडौँ – पेरिसडाँडामा बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय नगरी टुंगिएको छ ।


ADVERTISEMENT


खासगरी बैठकले बैठकले संसद सञ्चालन, सरकार र आगामी प्रक्रियाका लागि प्रमु्ख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा लगायतका दलहरुसँग छलदफल गर्ने निर्णय गरेको नेता नारायणबाजी श्रेष्ठले जानकारी दिएका छन् । उनका अुनसार बैठकले आवश्यकता अनुसार नेकपा एमालेसँग पनि वार्ताको प्रक्रिया अघि बढाउने छ ।


ADVERTISEMENT

# # #


यस्तै बैठकले वर्तमान अवस्थाबारे प्रशिक्षित गर्ने फागुन २९ गते काठमाडौँमा केन्द्रीय कमिटीको बैठक आह्वान गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रले चैत्र १ गते कार्यकर्ताभेलाको पनि आयोजना गर्ने भएको छ ।

माओवादी केन्द्रबाट एमालेतिर गएर गएका गृहमन्त्री रामबहादुर थापा बादल, उर्जामन्त्री टोपबहादुर रायमाझी लगायतका नेताहरुले आफ्नो दृष्टिकोण प्रस्ततु नगरेकाले के गर्ने भन्नेबारे निर्णय गर्ने श्रेष्ठले बताए । उनले ती नेताहरु सर्वोच्च अदालतको पछिल्लो फैसला अनुसार माओवादीमै फर्किने विश्वास व्यक्त गरे ।

स्थायी कमिटी सदस्य बैठक भोलि बिहान ११ बजे पुनः बस्ने नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री नेकपा दुई समूहमा विभाजित भएको थियो । एमाले पृष्ठभूमि भएका माधवकुमार नेपाल र भलनाथ खनालको समूह माओवादीधारका प्रचण्डसमूहसँग एक भएको थियो । तर, अदालतले पार्टी एकीकरणलाई अस्वीकार गरिदिएपछि उनीहरुले सोमबारमात्रै प्रचण्डलाई छाडेर एमालेमै फर्किने निर्णय गरेका थिए ।