काठमाडौँ – काठमाडौँमा जारी ‘काठमाडौँ मेयर कप–२०७७’ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा पारस खड्काले शतक प्रहार गरेपनि बाग्मती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई २६७ रनको चुनौति दिएको छ ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको बाग्मतीले ४९.४ ओभरमा सबै विकेट गुमाउँदै २६६ रन बनाएको हो । बाग्मतीका लागि पारस खड्काले शतक प्रहार गरे । सोमपाल कामीको बलवमा जितेन्द्र मुखियाको हातबाट क्याचआउट हुनुअघि उनले १३३ बलमा ११ चौका र २ छक्का प्रहार गरे । यस्तै नन्दन यादवले नटआउट ४२ रन बनाए । आक्रामक ब्याटिङ गरेका उनले २५ बलमा ५ चौका र १ छक्काको मदतमा ४२ रन बनाए ।


ADVERTISEMENT

# # #


यस्तै इसान पाण्डेले २६ तथा आदिल खानले २१ रन जोडे भने पृथु बाँस्कोटा १२ रन बनाएर आउट भए । अन्यले दोहोरो अंक छुन सकेनन् ।

बाग्मतीले १ रन बनाउँदा पहिलो विकेटका रुपमा आकाश थापालाई गुमाएपछि ब्याटिङमा आएका पारसले कप्तान ज्ञानेन्द्र मल्लसँग १० रनको साझेदारी गरे । ज्ञानेन्द्र व्यक्तिगत ६ रनमा आउट भए । यस्तैतेस्रो विकेटका लागि इशान पाण्डेसँग ७३ रनको साझे दारी गरेका पारसले पाँचौँ विकेटका लागि आदिल खानसँग महत्वपूर्ण ७६ रनको साझेदारी गरेपछि बाग्मतीले उच्च स्कोर बनाउन सफल भएको हो ।

आर्मीका लागि सोमपाल कामीले पाँच विकेट हासिल गरे । १० ओभरमा उनले ६५ रन खर्चिए । यस्तै विक्रम सोब, जितेन्द्र मुखिया, साहब आलम र करण केसीले समान १–१ विकेट लिए ।

प्रतियोगिताको फाइनलमा पुग्न दुबै टोलीलाई आज जित अनिवार्य रहेको छ । आर्मीले जवाफी ब्याटिङ गर्दैछ ।