काठमाडौँ – विश्वकप छनोटका नेपालको बाँकी खेल सबै कुवेतमा हुने भएको छ ।


ADVERTISEMENT


एसियाली फुटबल महासंघ (एएफपी) ले एसियाको विश्वकप छनोट समूह ‘बी’ का बाँकी सबै खेल एक स्थानका रूपमा कुवेतमा गर्ने शुक्रबार निर्णय गरेको हो । यससँगै नेपालले यसअघि घरेलु मैदानमा खेल्ने तय भएका चाइनिज ताइपेई, अष्ट्रेलिया र जोर्डनसंगको खेल अब कुवेत हुनेछन् ।


ADVERTISEMENT

# # #


कोरोना भाइरसको महामारीका कारण अन्तर्राष्ट्रिय यात्रामा भएको प्रतिबन्धका कारण बाँकी खेलहरु न्युट्रल भेन्युमा गर्न लागेको एएफसीले जनाएको छ । यी खेलहरु आगामी मे ३१ देखि जुन १५ सम्म हुनेछ ।

छनोटमा समूह ‘बी’मा रहेको नेपालले अहिलेसम्म ५ खेल खेलेको छ र त्यसबाट नेपालको तीन अंक छ ।

छनोटका अन्य खेलमध्ये समूह ‘ए’ को चीन, समूह ‘सी’ को बहराइन, समूह ‘डी’ को साउदी अरेबिया, समूह ‘ई’ को कतार, समूह ‘एफ’ को जापान, समूह ‘जी’ को यूएई र समूह ‘एच’ को दक्षिण कोरियामा हुनेछ ।