बाग्मति– बितेको तीन वर्षमा वाग्मती प्रदेश सरकारले करीब रु. आठ करोडभन्दा बढी रकम किसानलाई अनुदानका रुपमा उपलब्ध गराएको छ ।


ADVERTISEMENT


वाग्मती प्रदेशअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार, प्रदेशका २४७ वटा दुग्ध उत्पादक सहकारीमार्फत कृषककै खातामा जाने गरी रु. आठ करोड ८८ लाख दूध उत्पादनमा अनुदान वितरण गरिएको हो ।


ADVERTISEMENT

# # #


यस प्रदेशमा ३७ वटा चिलिङ सेन्टर स्थापना भएको छ । चिलिङ सेन्टर स्थापनाबाट दैनिक ७२ हजार लिटर दूध चिस्यान भई दूधको गुणस्तरमा वृद्धि भएको तथा उपभोक्तासमक्ष स्वास्थ्यकर दूध उपलब्ध भएको मन्त्रालयले जनाएको छ । रासस