कैलाली– प्रहरीले जुवा खेलिरहेको अवस्थामा आज एक लाख ६४ हजार नगदसहित आठ जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


धनगढी उपमहानगरपालिका–५ हसनपुरस्थित तीर्थराज पन्तको घरमा नगदसहित आठ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वीरबहादुर बुढामगरले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनले जुवा ऐनअनुसार उनीहरुलाई कारबाही गरिने बताए । जुवा खेलाउने घरमुली पन्तलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ ।