काठमाडौँ– स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु. ४०० ले उकालो लागेको छ । चैत महिनाको पहिलो दिन नै छापवाला सुन तोलामा रु. ८६ हजार ६०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको हो ।


ADVERTISEMENT


फागुन २८ गते अर्थात् शुक्रबार छापवाला सुन तोलामा रु. ८६ हजार २०० मा कारोवार भएको थियो । यस्तै, तेजाबी सुन आज तोलामा रु. ८६ हजार १५० मा कारोवार हुनेछ । शुक्रबार तेजाबी सुन तोलामा रु. ८५ हजार ७५० मा कारोवार भएको थियो ।


ADVERTISEMENT

# # #


चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलामा रु. एक हजार २७० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । रासस