काठमाडौँ – वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कैलालीका युग अश्त्र दैनिकका प्रधानसम्पादक पत्रकार वीरेन्द्रबहादुर रावलको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेका छन् ।


ADVERTISEMENT


काठमाडौँको चावहिलस्थित दीर्घायु अस्पतालमा पत्रकार रावलको पित्तथैलीको शल्यक्रिया भएको छ । पत्रकार रावलको उपचारमा सहयोग पुगोस् भन्ने हेतुले मन्त्री आलेले रु २५ हजार आर्थिक सहयोग प्रदान गरेको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


शुरुमा कूल रु ५० हजार शल्यक्रिया खर्च हुने भनिए पनि सो क्रममा पत्रकार रावलको आन्दामा प्वाल परेपछि उहाँको थप शल्यक्रिया गर्नुपरेको पत्रकार रावलकी धर्मपत्नी राधिका कुँवर रावलले जानकारी दिए ।

उनको उपचारमा अहिलेसम्म कूल रु तीन लाखभन्दा बढी रकम बिल आएको बताइएको छ । पत्रकार रावललाई नेपाल पत्रकार महासङ्घले पनि आर्थिक सहयोग गर्ने तयारी गरी रहहेको महासचिव रमेश विष्टले जानकारी दिए । यसैगरी मन्त्री आलेले आजै टिचिङ अस्पताल काठमाडौँमा उपचार गराइ रहेकी डोटीको शिखर नगरपालिका तिजालीकी सात महिने बालक शुसान्त साउदलाई रु १५ हजार आर्थिक सहयोग प्रदान गरे ।