काठमाडौँ – रातीतिक उतारचढाव र रस्साकस्सीकाबीच प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबीच भेटवार्ता भएको छ ।


ADVERTISEMENT


गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्ने असफल प्रयास गरेपछि टाढिएको यी दुई समूहबीचको दूरि सोमबार नेकपा पार्टी कार्यालय धुम्बाराहीमा आमनेसामने भएको हो । ‘‘बाग्मतीको पुलमूनि धेरै पानी बगिसक्यो’ भनेझैँ यो अवधिमा यी पार्टीमा धेरै उतारचढाव आएर नेकपा औपचारिक रुपमा टुक्रिएन मात्रै, नेकपा एमाले र माओवादी केन्द्र समेत सर्वोच्च अदालतले ब्युँताइदिएको छ ।


ADVERTISEMENT

# # #


एकअर्काविरुद्ध गतिविधि, अभिव्यक्ति र निर्णय गर्दै आएका यी दुई समूह चार महिनापछि छलफलका लागि एकै मन्चमा उपस्थित भएका छन् । छलफलमा ओलीसहित उनका तर्फबाट ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ छन् । अर्का तर्फ नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, गोकर्ण बिष्ट र रघुजी पन्त सहभागी भएका छन् ।

प्रधानमन्त्री ओलीले नेपाल समूहलाई छलफलका लागि प्रधानमन्त्री निवाय बालुवाटार बोलाएका थिए । तर, नेपालले बालुवाटार जान अस्वीकार गर्दै पार्टी कार्यालय धुम्बाराहीमा बस्नु पर्ने अडान राखेपछि प्रधानमन्त्री ओली आफ्नो समूहसहित त्यहाँ पुगेका हुन् ।