काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएकी छन् । राष्ट्रपति भण्डारीले सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेर खोप लगाएकी हुन् ।


ADVERTISEMENT


खोप लगाएपछि प्रतिक्रिया दिँदै उनले वैज्ञानिकहरुले धेरै अध्ययन, अनुसन्धान र परीक्षण गरेर कोरोनाविरुद्धको खोप उपलब्ध भएकाले पूर्ण विश्वस्त भएर सबैले खोप लगाउनु पर्ने बताइन् । उनले समयमै कोरोनाको खोप उपलब्ध गराएको भन्दै नेपाल सरकारलाई धन्यवादका साथै प्रशंसा समेत गरिन् ।


ADVERTISEMENT

# # #


चरणवद्ध रुपमा हाल जेष्ठ नागरिकहरुलाई कोरोना विरुद्धको खोप दिँदैछ । राष्ट्रपति भण्डारीले आफू आफ्नो उमेर समूहको पालो आएमात्रै लगाउने भने पनि विदेश भ्रमणमा जानु पर्ने भएकाले कोरोनाविरुद्धको खोप लगाउनु परेको उनले बताइन् ।

उक्त भ्रमणलाई लक्षित गरेर आफूले खोप लगाएको उनले बताइन् । ‘म मेरै उमेर समूह पर्खेर बसेको थिएँ । तर मैँले एउटा मित्र राष्ट्रको भ्रमण गर्नुपर्ने भयो । जुन टार्नै नसकिने भयो ।’ खोप नलगाउँदा वा नलगाउँदा आउने टिप्पणीतर्फ लक्षित गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘त्यहाँ खोप नलगाइ जाँदा मिश्रित प्रतिक्रिया हुने भएपछि लगाएँ ।’

यद्दपी उनले प्राथमिकताका आधारमा आफ्नो पालो अन्तिममा आउने भए पनि तयार भएर बसेको सुनाइन् ।

राष्ट्रपति भण्डारी चैत्र ९ र १० गते त्यहाँका राष्ट्रपतिको निमन्त्रणामा बंगलादेश भ्रमणमा जाँदैछिन् । राष्ट्रपतिको बंगलादेश भ्रमणका सम्भाव्य प्रतिनिधिमण्डलका सबै सदस्यलाई कोरोना खोप दिइएको छ ।