सुर्खेत – बलात्कारको झूटो आरोप लगाउने महिलालाई जिल्ला अदालत सुर्खेतले साढे तीन वर्षको जेल सजाय सुनाएको छ ।


ADVERTISEMENT


न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले ३७ वर्षीय महिलालाई साढे तीन वर्षको सजाय सुनाएको हो ।


ADVERTISEMENT

# # #


गत असोज पहिलो साता ती महिलाले आफूलाई विरेन्द्र नगरपालिकाका एक कर्मचारीले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

तर उक्त आरोप झूटो सावित भएको थियो । झूटो आरोप लगाइ पुरुषको मानहानी गरेको ठहर गर्दै अदालतले उनलाई जेल चलानको सजाय सुनाएको हो ।