काठमाडौँ – आर्थिक हिनामिनामा १३ करोड ३६ लाख विगो दाबी गरिएका ठेकेदार मनोजकुमार भेटवाल २ लाख धरौटीमा छुटेका छन् । विशेष अदालतले भेटवाललाई १ लाख ९० हजार धरौटीमा छाड्न आदेश दिएको छ ।


ADVERTISEMENT


न्यायाधीशहरू प्रेमराज कार्की, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारुको इजलास पुरानो बसपार्कमा भ्यूटावर निर्माणको ठेक्का पाएका भेटवाललाई छाड्न आदेश दिएको हो ।


ADVERTISEMENT

# # #


अख्तियार अनुसन्धान आयोगले गत साता १० वर्ष कैदर र १३ करोड ३६ लाख विगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनलाई यही फाइनान्स लिमिटेडको रकम हिनामिनाको अभियोगमा पक्राउ गरिएको थियो ।

अदालतले भेटवालसँगै रकम हिनामिनाको अभियोग लागेका बसन्त मल्ल, विकास श्रेष्ठ, मधुवनलाल श्रेष्ठ, भैरवप्रसाद भेटवाल र रविन लामालाई पनि धरौटीमा छाड्न आदेश दिएको छ ।