काठमाडौँ – नेकपा एमालेको माधव नेपाल समूहले भोलि र पर्सि राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको छ ।


ADVERTISEMENT


भेला गर्ने भएपछि सोमवार प्रधानमन्त्री केपी ओली समूहले भेला नगर्न आग्रह गरेका थिए । तर आज दिउँसो २ बजे नेपाल–खनाल समूहले पत्रकार सम्मेलन गरी भेला बारे जानकारी दिने उक्त समूहका नेता योगेश भट्टराईले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


उक्त भेलाबारे दिउँसो २ बजे होटल हेरिटेज गार्डेन सानेपा चोक ललितपुरमा पत्रकार सम्मेलन गरिएको छ, सम्मेलनबाट राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिने कार्यक्रम रहेको भट्टराईले जानकारी दिए ।