काठमाडौँ–  गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी भएका छन । काठमाडौंमा भएको आठौँ महाधिवेशनमा निकटतक प्रतिस्पर्धी जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै भट्ट विजयी भएका हुन् । उनले १ हजार १ सय ९७ मत प्राप्त गरेका छन् । । गुरुङले ५ सय ८४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । कुल १ हजार ८ सय ५४ मध्ये १ हजार ७ सय ८८ मतदाताले मतदान गरेका थिए ।


ADVERTISEMENT


अध्यक्षमा विजयी भट्टले हारजित स्वभाविक प्रक्रिया भएकाले सबैको सहकार्यमा एनआरएनएका एजेन्डालाई पूरा गर्ने बताए। एनआरएनएको भवन निर्माण, लाप्राक पुनर्निर्माण, स्मार्ट र एकेडेमी एनआरएन, सामूहिक लगानी लगायत एजेन्डाहरु समेत अघि बढाउने उहाँले बताए ।


ADVERTISEMENT

# # #


दुई उपाध्यक्ष पदका लागि ६ जनाबीच भएको निर्वाचनबाट कुमारप्रसाद पन्त र कुल आचार्य विजयी भएको छन । महिला उपाध्यक्ष भने सपिला राजभण्डारी विजयी भएकी छन् । महासचिव पदका लागि तीन जनाबीच भएको प्रतिस्पर्धामा पुन डा. बद्री केसी निर्वाचित भएका छन । ६ जना उम्मदेवारबीच दुई सचिवका लागि भएको प्रतिस्पर्धामा डबरबहादुर क्षेत्री र जानकी गुरुङ विजयी भएका छन । कोषध्यक्षमा पुन: हिक्मतबहादुर थापा विजयी भएका छन । सह–कोषाध्यक्षमा सोमनाथ सापकोटा बिजयी भएको निर्वाचन समितिले जनाएको छ । महिला संयोजकमा भूमादेवी लिम्बु निर्वाचित भएका छन । युवा संयोजकमा सुदन थापा निर्वाचित भएका छन ।

सन् २००३ मा स्थापना भएको एनआरएनमा २१ जनाको कार्यसमिति हुन्छ । सो समिति भित्र छ वटा क्षेत्रिय, महिला र युवा समितिको संयोजक र उपसंयोजक रहने व्यवस्था छ । एनआरएनएले हालसम्म ७८ मुलुकमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ । संघको महाधिवेशन हरेक २ वर्षमा नेपालमै हुने गरेको छ ।