काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्माओलीले झठा सूचनाको आडमा कूप्रचार गरेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


बुधबार आफू पक्षीय राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले ओली समूहले बनाएको साइबर सेनाले सूचनालाई बंग्याएर कार्यकर्तालाई अल्मल्याएको बताए । उनले योगेश भट्टराईको नाम र हस्ताक्षरको दुरुपयोग गरेर आजको राष्ट्रिय कार्यकर्ता भेलालाई स्थिगित गरिएको भन्दै कुप्रचार गरेको बताए ।


ADVERTISEMENT

# # #


‘म आफैले हरेँ, होइन यो के पो आएछ, नामसहितको कागजलाई फोटोकपी गरेर अर्को ढंगले टाँसेर अर्कै समाचार बाहिर सम्प्रेषण गरिएको रहेछ ।’ उनले भने, ‘त्यसै मान्छेले भनेका रहेनछन्, साइबर स्यालहरु अहिले पनि जिउँदै रहेछन् ।’

आफूले नेकपा एमालेले पुनर्जीवन पाएको होलान् भन्ने ठाने पनि त्यस्तो नभएको पाएको भन्दै उनले भने, ‘साइबर स्यालहरुदेखि होसियार, भोलि यस्तै गलत खालका सूचनाहरु जानेछन् ।’ उनले साइबर सेनाले गरेको कुप्रचारबाट अलमलमा नपर्न कार्यकर्तालाई आग्रह गरे ।

उनले नेकपा एमालेमा आफूहरुले पदको नभई सिद्धान्तको लडाईं गरेको बताए । ‘यो सिद्धान्त, नीति र विधिको लडाईं हो ।’ उनले भने, ‘यो पार्टी निर्माणसँग जोडिएको लडाईं हो ।’