काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्माओलीले नै मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जबज)को सिद्धान्तलाई थातीमा राखेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


बुधबारदेखि सुरु भएको आफू पक्षीय नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले जबजलाई सिध्याउने काम ओलीले नै गरेको जिकिर गरेका छन् ।


ADVERTISEMENT

# # #


नेकपा माओवादी केन्द्रसँग एकता गर्दा जबजलाई सुटुक्क किनारा लगाएको नेता नेपालले दाबी गरे । उनले भने, ‘तपाईंले समाजवाद उन्मुख जनताको जनवाद मान्नु भयो तर जनताको बहुदलीय जनवादको बारेमा कहीँ अडान लिनु भएन । खुसुक्क हटाउनु भयो । आज जबजको बडो हिमायती भएर आफूलाई प्रस्तुत गर्ने ?’

मदन भण्डारीको विरासत हामीले थामेका छौँ भनेर नक्कली कुरा नगर्न समेन उनले सचेत गराए । पार्टी एकतालाई ओलीले स्वास्थसिद्धिको साधन बनाएको बताउँदै नेता नेपालले त्यस्तो नगर्न चेतावनी दिएका छन् ।

ओलीले विधि, पद्धती, संगठनात्मक सिद्धान्तको उल्लंघन गरेको, पार्टीको निर्णय र सहमतिलाई पालना नगरेको उनले बताए । ‘सहमतिको सँधै रटान लगाउने तर स्वेच्छाचारी व्यवहार गर्दै आउनु भयो । जबजको नारा लगाउँदै निरंकुश प्रवृत्ति देखाउनु भयो ।’ नेता नेपालले भने, ‘राष्ट्रिय पूँजीको गफ गर्ने तर दलाल पूँजीवादको सेवा गर्नुभयो । विदेशी तत्वको सेवा मात्रै गर्नु भयो ।’

ओलीले आफ्नो गल्तीको दोष अरुलाई थोपर्ने र पार्टीको लोकप्रियतालाई आफ्नो लोकप्रियता ठानेको नेता नेपालले आरोप लगाए । प्रधानमन्त्रीको कुर्ची बचाउनकै लागि संविधानको अपव्याख्या गर्ने र त्यसलाई समाप्त पार्ने काममा ओली लागेको उनले बताए ।