तनहुँ– जिल्ला प्रहरी कार्यालयमा आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि म्यादी प्रहरीका लागि सोमबार अन्तिम दिनसम्म मागभन्दा तेब्बर व्यक्तिले आवेदन दिएका छन् ।


ADVERTISEMENT


नौसय म्यादी प्रहरीका लागि दर्खास्त आह्वान गरिएकामा अन्तिम दिनसम्म दुई हजार ७०० जनाले आवेदन दिएका हुन् ।


ADVERTISEMENT

# # #


अन्तिम दिन बिहान ७ बजेदेखि लाइनमा बसेका युवा–युवतीले साँझ ७ बजेसम्म लाइनमा बसेर फाराम बुझाएका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

कार्यालय समय दिउँसो ५ बजेसम्म भए पनि आएर लाइन बसेका सबैको फाराम लिनका लागि साँझ अबेरसम्म प्रहरी खटाइएको प्रहरी नायब उपरीक्षक मल्लले बताए ।

तनहुँबाट करिब ९०० जनाको आवेदन लिन सकिने व्यवस्था रहे पनि बेरोजगारको समस्याका कारण म्यादी प्रहरीमा फाराम भर्ने मानिसको भीड लागेको कार्यालयले जनाएको छ । यसअघि स्थानीय तहको निर्वाचनका लागि तनहुँ जिल्लाबाट ७८८ जनालाई भर्ती गरिएको थियो ।