काठमाडौँ – समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले नगदरहित अभियानलाई निरन्तरता दिंदै धनगढीको दैनिक कृषि उपज हाट बजारका विभिन्न ब्यापारीहरुलाई क्युआर कोड वितरण गरेको छ ।


ADVERTISEMENT


उक्त बजारका विभिन्न ब्यापारीहरुलाई सिभिल बैंकको क्युआर कोड वितरण गरि नगदरहित अभियानलाई प्रोतसाहन गरेको छ । सो कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंक धनगढीका प्रमुख निर्देशक सुवास चन्द्र घिमिरे, उक्त बजार व्यवस्थापन समितीका अध्यक्ष पदम बहादुर चन्द, सिभिल बैंकका सुदुरपश्चम प्रदेशका प्रमुख दिपक जोशी, शाखा प्रबन्धक संजोग भट्ट लगायत सो क्षेत्रका व्यवसायीहरु, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा नेपाल राष्ट्र बैंक धनगढीका प्रमुख निर्देशक सुवास चन्द्र घिमिरेले नोट छपाई गर्दा खर्च हुने तथा विदेशिने मुद्रा बचाउन र सबै नेपालीको बैंक खाता भन्ने अभियानलाई समेत आत्मसात गर्न पनि नगदरहित अभियान आवश्यक रहेको बताए । साथै उनले नगदरहित अभियानलाई प्रभावकारी बनाउन क्युआर कोडलाई सर्वव्यापी रुपमा लैजानु पर्ने उल्लेख गरे ।

बैंकका सुदुरपश्चम प्रदेशका प्रमुख दिपक जोशीले बैंकले आफ्ना ग्राहकहरुलाई क्युआर कोडको प्रयोग गरी विद्युत्तीय प्रणाली मार्फत विभिन्न किसिमका नगद रहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्दै आएको बताए । उनले आयागी दिनमा विभिन्न व्यापार व्यवसायहरुमा क्युआर कोडलाई अझ सशक्त रुपमा देशव्यापी रुपमा लैजाने र आगामी दिनहरुमा पनि यस्तै खालको सेवाहरु ल्याउँदै जाने जानकारी दिए ।

करीव पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ७ एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले करीव रु। ८१ अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु। ७५ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।