काठमाडौँ – उदयपुर सिमेन्टको महाप्रवन्धकमा गोपिकृष्ण न्यौपाने पदबहाली गरेर आएपछि न्यौपानेको नेतृत्वमा रहेको कर्मचारी टिम सफल देखिएको छ । २ वर्षभन्दा बढी समयदेखि रिक्त महाप्रवन्धकमा न्यौपाने पदबहाली गरेर आएपछि उदयपुर सिमेन्टको विक्री बढेको छ ।


ADVERTISEMENT


उद्योगकाअनुसार फागुनमा उदयपुर सिमेन्टले सर्वाधिक विक्री गरेको छ । फागुनमा उद्योगले २३८३७१ बोरा बिक्री गरि यो यस आर्थिक बर्षको सबैभन्दा बढी बिक्री गर्न सफल भएको हो, यो विक्री माघको भन्दा १३ प्रतिशतले बढी हो ।


ADVERTISEMENT

# # #


माघ १ मा उद्योगमा न्यौपाने बहाली हुँदा रू. ६५ करोड ८२ लाखको चालू दायित्त्व रहेकोमा उद्योगको आफ्नै श्रोत परिचालन गरि हालसम्म रू. ३२ करोड भन्दा बढी भुक्तानी गरिसकिएको छ । कोइला लिएर भुक्तानी स्वरुप सिमेण्ट दिने सिमेन्ट अधिकृत विक्रेताहरु बन्द गरेर यस समस्याको हल गरिएको उद्योगले जनाएको छ ।

लक्ष्यको आधारमा कमिशन, बैंक ग्यारेण्टी सुबिधा, नगद छुट जस्ता स्किम सहितको नयाँ बिक्री नीति नै लागू गरेको कारण अहिले एक, दुई र बागमती प्रदेशमा विशेष फोकस गरि १०२ अधिकृत बिक्रेताहरु कायम गर्दै बजारमा बलियो उपस्थिति रहेको जनाइएको छ ।

शुरुमा बन्द रहेको उद्योग संचालन गर्न र पुरानो कारखाना भएकोले मर्मतसम्भारमा समय दिनुपरेकोले क्लिंकर उत्पादन लक्ष्य अनुसार हुन नसकेपनि बजारमा सिमेण्टको अभाव हुन नदिनेगरी सिमेण्ट प्लाण्ट चालू राखेको कारण गैंडाछाप सिमेण्टले बजारमा निरन्तरता पाएको हो ।

यसका साथै उद्योगले कर्मचारीलाई हरेक महिनाको तलब, नागरिक लगानी कोष, संचयकोष र ओटी दिन थालिएको छ ।

लोडसेडिङको समयमा उद्योगको बिद्युत लाइनबाट प्रभावित क्षेत्रमा जोडिएको लाइन लोडसेडिङको अन्त भएपछि पनि हटाउन नसक्दा उद्योगले लगभग मासिक ५ लाख नोक्सानी व्यहोर्नुपरेको थियो, महाप्रबन्धक न्यौपानेको पहलमा उक्त लाइन फेर्न सफल भएको उद्योगले जनाएको छ ।

उद्योगले डेडिकेटेड फिडर बापत बढी भुक्तानी गरेको रु. २२ करोड भन्दा बढी रकम, बिद्युत प्राधिकरणलाई तिर्न बाँकी रकममा मिलान गर्न महाप्रवन्धक न्यौपानेले पहल गरेको प्रवक्ता रामबहादुर जिसीले जानकारी दिए ।