काठमाडौँ – नेकपा एमाले संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।


ADVERTISEMENT


बैठक प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीको अध्यक्षतामा सुरु भएको हो । यद्दपी नेकपा एमालेकै अर्को माधव नेपाल र झलनाथ खनाल समूहका सांसदहरु सानेपास्थित एक होटेलमा भने राष्ट्रिय भेलाका लागि व्यस्त छन् ।


ADVERTISEMENT

# # #


उक्त समूहले बुधबार ओलीले बोलाएको संसदमा नजाने निर्णय गरेका थिए । तर, बिहान बसेको छलफलमार्फत उनीहरुले बालुवाटार पुगेर बैठकमा हाजिर लगाएर फर्किने निर्णय गर्दै त्यसतर्फ गएका थिए । यद्दपी आधा बाटोबाटै फर्किका छन् ।

एमाले संसदीय दलको बैठका अधिकांश ओली समूहका सांसदहरु रहेका छन् ।

तस्बिर : प्रधानमन्त्रीका प्रेस सल्लाहकार