काठमाडौँ – महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरि बहादुर पालले सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशन दिएका छन् ।


ADVERTISEMENT


महानगरीय प्रहरी कार्यालयको आयोजनामा विहिवार राष्ट्रिय सभा गृहमा मातहत कार्यालयका कार्यालय प्रमुख सहित ३३१ प्रहरी अधिकृत तथा जवानहरुलाई उक्त निर्देशन दिएका हुन् ।


ADVERTISEMENT

# # #


एआईजी पालले समाजमा हुने कानून विपरितका गतिविधिलाई नियन्त्रण गर्न प्रभावकारी सुरक्षा योजना बनाएर लागु गर्नुपर्ने बताए । उनले प्रहरीले गर्ने व्यवहारबाट नै नागरिकले प्रहरी प्रतिको धारणा बनाउने हुदाँ आम नागरिक प्रति उत्तरदायी भई पिडीतमैत्री व्यवहार गरि सेवा प्रवाह गर्नु पर्ने उल्लेख गरे ।

महिला तथा बालबालिका, बृद्ध, फरक क्षमता भएकाहरू संलग्न घटनालाई संवेदनलील भई प्राथमिकताका साथ अनुसन्धान गर्नु पर्ने, मातहतका कर्मचारीहरूले गरेको गल्तीको जिम्मेवारी कार्यालय प्रमुखले लिनु पर्ने उनले बताए । एआईजी पालले मातहतका कर्मचारीहरूको काम कारवाही, आचरण व्यवहार तर्फ विशेष ध्यान दिई आम नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्नु पर्ने उल्लेख गरे ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई निरन्तता दिई जनतासँगको सम्बन्धलाई सुदृढ गर्दै समाजमा लुकेका अपराधहरूको सुचना संकलन गरी त्यस्ता अपराधलाई कानूनी दायरामा ल्याउन उनले निर्देशन दिए ।

यस्तै उनले प्रहरी कारवाही गर्दा मानवअधिकारको सम्मान गर्दै कानून बमोजिम मात्र बल प्रयोग गरी हिरासत व्यवस्थापन तथा फैसला कार्यान्वयनमा विशेष ध्यान दिन तथा प्रहरी कार्यालयबाट सूचना प्रवाह गर्दा “नेपाल प्रहरीको मिडिया नीति २०६०” बमोजिम मात्र गर्न सुझाए । प्रहरी कर्मचारीहरूले सामाजिक सञ्जालको प्रयोगमा प्रहरीको पोशाकको प्रयोग नगर्न समेत निर्देशन उनले दिए ।

सोही क्रममा आउँदै गरेको फागु पुर्णिमा (होली) लाई सुव्यवस्थित र मर्यादित बनाउन सुरक्षा योजना बनाई प्रभावकारी कार्यान्वयन मार्फत पर्वहरूको व्यवस्थापन गराउन पनि विशेष निर्देशन दिए ।