बैतडी– दोगडाकेदार गाउँपालिका–७ का वडाध्यक्ष भरत महरा स्थानीय एक महिलासँग शङ्कास्पदरूपमा भेटिएका छन् । शङ्कास्पदरूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिएका हुन् ।


ADVERTISEMENT


उनीहरु दुवैलाई बिहान ३ः०० बजे स्थानीय खोचलेक बजारको एक होटलको कोठाबाट नियन्त्रणमा लिइएको हो । उनीहरु दुवै कोठामा रहेको भन्ने जानकारी वडाअध्यक्ष महराकी श्रीमतीले पाएपछि उनले नै प्रहरीलाई खबर गरेकी थिइन् ।


ADVERTISEMENT

# # #


शङ्कास्पद भेटिएका दुवै जनालाई जिल्ला ल्याइन लागिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए । उनले भने, ‘दुवै जनालाई एउटै कोठाबाट नियन्त्रणमा लिएका हौँ, जिल्ला ल्याइँदैछ । जिल्ला ल्याइएपछि थप अनुसन्धान गरिने र अहिले नै सबै कुरा भन्न सकिने अवस्था रहेको उनको भनाई छ । ‘पार्टीको काम भएकाले सँगै कोठामा बसेको भन्नेछ’ उनले भने । रासस