काठमाडौँ– नेपालीको दोस्रो महान् चाड तिहार यमपञ्चक आजदेखि सुरु भएको छ। कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन कागको पूजासँगै तिहार सुरु हुने गर्दछ ।


ADVERTISEMENT


बडा दसैंको १५ दिनपछि सुरु हुने तिहारको पहिलो दिन कागको पूजा गरिन्छ। तिहारका पाँच दिन क्रमशः काग, कुकुर, गाई लक्ष्मी, गोरु गोवद्र्धन र अन्तिम दिन कार्तिक शुक्ल पक्षको द्वितिया तिथिमा भाइटीका लगाएर मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । पाँच दिन मनाइने काग, कुकुर, गाई लक्ष्मीपूजा, गोरु गोवद्र्धनपूजा र भाइटीकाबारे हिन्दु धर्मशास्त्रमा वर्णन गरिएको छ।


ADVERTISEMENT

# # #


भाईको दिर्घायू र उन्नतीको लागि भाईलाई टिका र फूलमाला लगाइदिने प्रचलन रहेको छ । तिहारको भाइटीकामा खासगरी मखमली फूल विशेष प्रयोगमा आउँछ । तिहारमा सप्तरंगी टीकाजस्तै यसको पनि विशेष महत्व हुन्छ ।

भाइटीकामा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गर्दै मखमलीको माला लगाइदिन्छन् । कहिल्यै नओइलाउने भएकाले यसलाई स्वस्थ जीवन र दीर्घायुको प्रतीक मानिन्छ ।

मखमली फूल सेतो, हल्का रातो र गाढा कलेजी रङमा फुल्छ । संस्कृतमा यसलाई रक्त मल्लिका भनिन्छ । यस वर्ष फूलको अभाव भएपछि फूलको माला निकै महँगो भएको छ ।

फोटोहरु:  रासस