काठमाडौँ – प्रतिनिधिसभा सदस्य एवम् नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का नेता प्रेम सुवालले भारतको संलग्नतामा प्रतिनिधिसभा पुनर्स्थापना गरिएको दाबी गरेका छन् ।


ADVERTISEMENT


शुक्रबार प्रतिनिधिभा बैठकमा बोल्दै सांसद सुवालले कालापानी क्षेत्रमा नेपालले दाबी नगर्ने र एमसीसी सम्झौता पारित गर्ने शर्तमा भारतकै संलग्नतामा प्रतिनिधिसभा पुनर्स्थापना गरिएको उनले जिकिर गरे ।


ADVERTISEMENT

# # #


‘कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको नेपाली भूभागमा नेपालले कहिल्यै दाबी नउठाउने र एमसीसी सम्झौता पारित गर्ने शर्तमा भारतको संलग्नतामा प्रतिनिधिसभा पुनर्स्थापना गरिएको अनुमान गरिएको सुनिन्छ ।’ उनले भने, ‘यस्तो देशघाती काम नेपाली जनतालाई स्वीकार्य छैन ।’

सिक्किममा भारत अनुकुलको लेण्डुप दोर्जेको नेतृत्वमा सरकार बन्नुको परिणाम सिक्किम भारतमा बिलय भएको बताउँदै उनले नेपालमा भारत अनुकुलको सरकार बनाइन लागेको बताए । उनले भारतसँगका खुला सिमाना बन्द गरिनु पर्ने माग राखे ।

प्रजातन्त्रमा निर्वाचनलाई अस्वीकार गर्न नमिल्ने बताउँदै उनले संसदीय व्यवस्थामा आफ्नै पार्टीका नेताले काम गर्न दिएनन् भने संसद विघटन गर्ने अधिकार कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतिलाई हुनुपर्ने उनले बताए । यस्तो अधिकार नहुँदा देश अस्थिरतातर्फ धकेलिने भएकाले नेमकिपाले संसद विघटन र निर्वाचनमा औचित्य देखेको उनले बताए ।

ठूला दलको सरकार हुँदा पनि अस्थिरता उस्तै रहेको बताउँदै उनले संसदमा तीन प्रतिशतको ‘थ्रेसहोल्ड’ खारेज नगरेसम्म प्रजातन्त्र बलियो हुन नसक्ने उनले तर्क गरे ।