काठमाडौँ – नबिल बैँक र नेपाल औषधि व्यवसायी संघ, काठमाडौँबीच सम्झौता भएको छ ।


ADVERTISEMENT


औषधि व्यवसायीहरुको आवश्यकता अनुसार बैँकको कर्जा नीतिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गर्ने तथा औषधि व्यवसायीहरुलाई सहयोग गर्ने गरी उक्त सम्झौता भएको हो ।


ADVERTISEMENT

# # #


सम्झौतामा एस.एम.ई. तथा लघुवित्तका प्रमुख निरज कुमार बस्नेत (डनिल), नबिल बैंक र नेपाल औषधि व्यवसायी संघका अध्यक्ष बद्री प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् । सो सम्झौता नेपाल औषधि व्यवसायी संघ, काठमाण्डौं जिल्ला शाखाको आयोजनामा, काठमाण्डौं, ललितपुर र भक्तपुर जिल्ला भरको औषधिको थोक व्यवसायीहरुको बृहत भेला कार्यक्रममा भएको हो ।

सो कार्यक्रममा नेपाल औषधि व्यवसायी संघका प्रमुख भरत भट्टराई ज्युको उपस्थिती रहेको थियो । साझेदारीको बारेमा बोल्दै, नबिल बैंक, एस.एम.ई. तथा लघुवित्तका प्रमुख निरज कुमार बस्नेत (डनिल)ले साझेदारीले औषधि व्यवसायीहरुको वित्तिय व्यवस्थापनमा हालको अन्तर पूर्ण गर्न मद्दत पुर्याउने विश्वास व्यm गरे ।

उनले भने, ‘नबिल बैंकले आपतकालीन सेवाहरुमा संलग्न औषधि व्यवसायीहरुसँग आवद्ध हुन पाएकोमा गौरवान्दित महसुस गर्दछ ।’

नबिल बैंकले आÏनो देशभर ११९ वटा शाखा कार्यलयहरु, १८५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देश्मा रहेका एजेन्टको ब्रिहत सन्जाल मार्फत निरन्तर गुनस्तरिय सेवा प्रवाह गरिरहेको छ.।