काठमाडौँ – यति एयरलाइन्सले आगामी सातादेखि काठमाडौँ–बनारस अन्तरराष्ट्रिय उडान गर्ने भएको छ । यतिले गएको सोमवार उक्त उडानका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट परीक्षण गरेको थियो ।


ADVERTISEMENT


यतिका सूचना अधिकारी सुदर्शन बर्तौलाले दक्षिण र पूर्वी एसियामा उडान भर्ने योजनाअन्तर्गत नै काठमाडौँ–बनारस उडान शुरु गर्न लागेको बताए । अन्तरराष्ट्रिय उडानका लागि विमान उडान प्रमाणपत्रको प्रक्रिया अघि बढिरहेको उनको भनाइ छ । उनले भने, ‘यसै क्रममा हामीले काठमाडौँ–बनारस रुटमा उडान भर्न लागेका हौँ,’ उनले भने ।


ADVERTISEMENT

# # #


यद्यपि, काठमाडौँ–बनारस पहिलो उडानको दिन भने कम्पनीले तय गरिसकेको छैन । आगामी साताबाट उडान शुरु गर्ने बताएको यतिले एटीआर ७२ एयरक्राफ्टको मर्मतसम्भार भइरहेकोमा उक्त एयरक्राफ्टबाटै कम्पनीले उडान भर्ने जानकारी बर्तौलाले दिए ।