काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको स्वास्थ्यलाभको कामना गरेका छन् । प्रधानमन्त्री ओलीले खानको सुस्वास्थ्य र कोभिड–१९ बाट मुक्त भई शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीले शनिबार बेलुकी ट्वीट गरी पाकिस्तानी प्रधानमन्त्री खानको स्वास्थ्य लाभको कामना गरेका हुन् । दुई दिनअघि मात्र कोरोना भ्याक्सिन लगाएका प्रधानमन्त्री खानमा शनिबार कोभिड १९ संक्रमण पुष्टि भएको हो । रासस


ADVERTISEMENT

# # #