काठमाडौँ – सिताराम पद्मकुमारी फाउण्डेसनले काठमाडौंको कोटेश्वर स्थित महादेवस्थानको लोटस पार्टी प्यालेसमा एक कार्यक्रमका बिच भर्खरै दर्ता भएको फाउण्डेसनको उदेश्य र आगामी कार्यक्रम बारे जानकारी एवं अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।


ADVERTISEMENT


समाजसेवी स्व. सिताराम ढकालको सम्झनामा उनको परिवारले स्थापना गरेको यस संस्थाले स्वीकृत विधान बमोजिम मानवीय र सामाजिक सेवाका विविध क्षेत्रमा कार्य गरी स्व. ढकालका सामाजिक सेवाका कार्यलाई निरन्तरता दिने कुरा उहाँका जेष्ठ सुपुत्र प्रहरी वरिष्ठ उपरिक्षक भिम ढकालले बताए । उनका अनुसार यस संस्थाले शैक्षिक, जेष्ठ नागरिक, बालबालिका, युवा, खेलकुद, स्वास्थ्य, कृषि, वातावरण लगायतका क्षेत्रमा जनहितकारी कार्यक्रमहरु संचालन गर्ने छ ।


ADVERTISEMENT

# # #


संस्थाका अध्यक्ष विश्वमणी गौतमको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा पूर्व मन्त्री टंक ढकालले स्व. सिताराम ढकाललाई आफुले सानैदेखि असल समाजसेवक र शिक्षा सेवीको रुपमा चिनेको बताए । दावाली मिलन क्लवका अध्यक्ष रोशन श्रेष्ठले फाउण्डेसनको अभियानमा आफ्नो सक्रिय साथ सहयोग रहनेकुरा बताउनुभयो । पूर्व सचिव चन्द्र घिमिरेले शोकलाई शक्तिमा बदलेर सक्रिय समाज सेवा गर्नुपर्ने बताए ।

संस्थाका सचिव राजेन्द्र ढकालले संचालन गरेको उक्त कार्यक्रममा कोटेश्वरका समाजसेवी कृष्णमुरारी कोइराला, नवराज गौतम तथा कार्यक्रमका जेष्ठ सदस्य राजेन्द्र ढकाल समेतले स्व. सिताराम ढकालको सामाजिक सेवा र जेष्ठ नागरिक हकहितका लागि गरेको योगदानको चर्चा गरेका थिए । आयोजकका अनुसार तत्काल उक्त फाउण्डेसनले काठमाडौं, विराटनगर र भोजपुरमा आफ्ना क्रियाकलापहरु संचालन गर्ने छ । उक्त कार्यक्रममा समाजसेवी उद्योगी व्यावसायी प्रशासक राजनीतिज्ञ लगायतको उपस्थिति थियो ।