मकवानपुर– वाग्मती प्रदेश प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले वर्तमान सरकारले निजी क्षेत्रको लगानीमा सञ्चालित यातायात व्यवसायीको माग सम्बोधन गर्न नसकेको बताएका छन्।


ADVERTISEMENT


शनिबार हेटौँडामा आयोजित पुरानो नारायणी यातायात व्यवसायी कम्पनीको दोस्रो र नारायणी सङ्घ हेटौँडाको तेस्रो वार्षिक साधारणसभामा नेता बानियाँले सरकारले यातायात व्यवसायीको मर्का नबुझेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


रोडपरमिट, तौलपुल, भाडादर र सवारी साधनमा प्रयोग हुने पाट्र्सका विषयमा सरकारले व्यवसायीको मर्का नबुझेको नेता बानियाँले उल्लेख गरे । उनले वर्षैपिच्छे तिरिनुपर्ने राजश्व पाँच/पाँच वर्षमा तिर्नुपर्ने प्रावधानको व्यवस्था गरी व्यवसायीलाई सहज बनाउनुपर्ने विचार समेत व्यक्त गरेका छन् । रासस