काठमाडौं – सेन्चुरी ग्रुपअन्तर्गतको दुगड स्पाइसेसले आफ्नो लोकप्रिय सेन्चुरी मसलालाई नयाँ तथा आकर्षक एयरटाइट जारमा बजारमा ल्याएको छ। मसलाको ताजापन, सुगन्ध र गुणस्तर लामो समयसम्म कायम राख्ने उद्देश्यले कम्पनीले नयाँ प्याकेजिङ सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार एयरटाइट जारले मसलालाई सुरक्षित राख्न मद्दत गर्नेछ। आकर्षक डिजाइनमा तयार गरिएको जारलाई मसला प्रयोग गरिसकेपछि पनि घरायसी प्रयोजनका लागि पुनः प्रयोग गर्न सकिनेछ।


ADVERTISEMENT

#
#


नयाँ प्याकेजिङसँगै कम्पनीले उपभोक्ताका लागि विशेष अफरसमेत ल्याएको छ। अफरअन्तर्गत सेन्चुरी मसलाको प्रत्येक जार खरिद गर्दा ग्राहकले १५ प्रतिशत अतिरिक्त मसला निःशुल्क प्राप्त गर्नेछन्। साथै, मसला निकाल्न सहज होस् भन्ने उद्देश्यले प्रत्येक जारभित्र एउटा चम्चासमेत राखिएको कम्पनीले जनाएको छ।

दैनिक खानपानमा स्वच्छ र गुणस्तरीय मसलाको प्रयोग महत्त्वपूर्ण रहेको उल्लेख गर्दै कम्पनीले उपभोक्ताको आवश्यकता र सुविधालाई ध्यानमा राखेर उत्पादनको प्याकेजिङ परिमार्जन गरिएको जनाएको छ।

नेपालको मसला बजारमा आफ्नो पहिचान बनाएको सेन्चुरीले उत्पादनको गुणस्तर र उपभोक्ताको सुविधालाई प्राथमिकता दिँदै आएको कम्पनीको भनाइ छ। नयाँ प्याकेजिङले उपभोक्तालाई सहज प्रयोगका साथै थप परिमाणमा मसला उपलब्ध गराउने अपेक्षा कम्पनीले गरेको छ।

कम्पनीले आगामी दिनमा पनि उपभोक्ताको आवश्यकता र रुचिअनुसार उत्पादन तथा प्याकेजिङमा सुधार गर्दै लैजाने जनाएको छ।