काठमाडौँ – विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केन्याविरुद्ध आज भएको दोस्रो खेलमा नेपालले शानदार जित हात पारेको छ । उत्कृष्ट बलिङ, ब्याटिङ र फिल्डिङ गरेको नेपालले केन्यालाई सात विकेटले हराएको हो ।


ADVERTISEMENT


केन्यालाई ४६.१ ओभर खेलेर १५५ रनमा अल आउट गरेसंगै १५६ रनको सामान्य लक्ष्य पाएको नेपालले ३०.२ ओभरमा तीन विकेटको क्षतिमा १६० रन बनाउँदै सहजरुपमा विजय हासिल गर्यो । सुनिल धमला १ रनमा आउट हुँदा सागर पुनलाई नेपालले ५ रनमा गुमाएको थियो । जीत दिलाउनका लागि नेपालका तर्फबाट ज्ञानेन्द्र मल्लले ब्याटिङमा कप्तानी इनिङ खेले । ज्ञानेन्द्रलाई दिपेन्द्र ऐरीले बलियो साथ दिए ।


ADVERTISEMENT

# # #


तेस्रो व्याटेसम्यानको रुपमा मैदान छिरेका  युवा क्रिकेटर दिपेन्द्र सिंह ऐरीले ६६ बलमा ६२ रन बनाई टिमलाई जिताउनका लागि उत्कृष्ट तथा महत्वपूर्ण व्याटिङ गरे । यसैगरी ज्ञानेन्द्र मल्लले पनि नट आउट रहँदै  अर्धशतक पुरा गरी दिपेन्द्र ऐरीसंग उत्कृष्ट शतकीय साझेदारी गरे ।

६६ बलको सामना गरेका ऐरीले ८ चौका र एक छक्का प्रहार गरेका थिए। यस्तै ऐरीको ठाउँमा आएका सरद भेसवाकरले विस्फोटक ब्याटिङ गर्दै ११ बलमा २४ रन बनाएका थिए। नटआउट रहेका उनले ४ चौका र १ छक्का प्रहार गरेका थिए। तिसौ ओभरको पहिलो बलमा चौका प्रहार गरेका भेसवारले अर्को बलमा छक्का  प्रहार गर्दै खेलको अन्त्य गरे । जबकी नेपालका लागि त्यतिखेर मात्र २ रन  आवश्यक थियो।

यसअघि नेपालले उत्कृष्ट बलिङ गर्दै केन्यालाई १ सय ५५ रनमा समेटेको थियो । नेपालका पार्ट टाइम स्पिनर शरद भेषावकरले सार्वाधिक चार विकेट लिदै केन्याको इनिङ धराशयी बनाएका थिए । यसैगरी मेहेबुब आलमले सनसनीपूर्ण बलिङ गर्दै सात ओभरमा पाँच मेडन राखेर दुई विकेट लिए ।

यसपछि कोलिन्स अबुया र इरफान करिमले ७९ रनको साझेदारी गर्दै केन्यालाई सुध्रिढ बनाउने प्रयास गरेका थिए। तर, सन्दीप लामिछानेले पहिले अबुयालाई ४८ र इरफानलाई भेषवाकरले ३८ रनमा आउट गरेपछि केन्याको विकेट पतनको सिलसिला सुरु भएको थियो। बसन्त रेग्मीले दुई विकेट लिए । यसैगरी सन्दिप लामिछाने र सागर पुनले एक/एक विकेट आफ्नो खातामा पारे ।

शनीबारको हारको बदला लिएको छ  । केन्या विरुद्धको दोस्रो खेलमा जित हासिल गरेसँगै नेपालले विश्वकप क्रिकेटको छनोटमा पर्ने सम्भावनालाई जीवितै राखेको छ । नेपालले अब प्रतियोगितामा हङकङ र युएईसँग खेल्न बाँकी छ । नौ खेलको समाप्तिसँगै नेपाल आठ अङ्कका साथ छैटौँ  तथा केन्या १० अङ्कका साथ पाँचौँ स्थानमा रहेको छ ।

नेपाली टोलीमा शनिवाकै सदस्य थिए, अर्थात खेलाडी परिवर्तन भएका थिएनन् । ज्ञानेन्द्र मल्ल क्याप्टेन, शरद भेषावकर, शक्ति गौचन, वसन्त रेग्मी, विनोद भण्डारी, सागर पुन, सोमपाल कामी, सञ्जिव लामिछाने, दीपेन्द्रसिंह ऐरी, महबुब आलम, सुनील धमला नेपाली टोलीमा थिए  ।