काठमाडौँ – नेकपा एमालेको सांद तथा पूर्वमन्त्री खगराज अधिकारीले माओवादी केन्द्रलाई सरकारलाई दिएको समर्थन फिर्ता लिन चुनौति दिएका छन् ।


ADVERTISEMENT


मंगलबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद अधिकारीले सर्मथन फिर्ता लिन डराएको माओवादी केन्द्रले प्रधानमन्त्रीलाई राजीनामा देऊ भनेर नैतिकता सिकाउन नमिल्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


नैतिकता गज्जबको छ । सरकालाई दिएको समर्थन फिर्ता लिन डराउने तर प्रधानमनत्रीलाई नैतिकता सिकाउने ? अविश्वासको प्रस्ताव फेल हुन्छ भनेर ल्याउन डराउने, प्रधानमन्त्रीलाई नैतिकता सिकाउने ?’ उनले भने, ‘ठाउँठाउँमा गएर नेकपाको मलामी जाने कोही भएनन् भन्ने तर नेकपा एमालेदेखि डराउने ।’

प्रतिनिधिसभा विघटनको मुद्दा हारेका प्रधानमन्त्री केपी शर्माओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आजाव उठिरहेका बेला सांसद अधिकारीले त्यसको जवाफ फर्काएका हुन् ।

यस्तै उनले सर्वोच्च अदालतले नेकपा खारेज गरेर नेकपा माओवादी केन्द्र ब्युँताएसँगै सभामुख कुन पार्टीको हो भन्ने पनि प्रश्न पैदा भएको बताए । उनले भने, ‘सभामुख महोदय तपाईं निर्वाचित हुँदा नेकपा थियो, अब उपसभामुख चुन्ने हो भने दलीय संलग्नता कसको भन्ने ? अनि नैतिकता कसले कसलाई सिकाउने ?’