पुणे – इङ्ल्यान्ड र भारतबीचको पहिलो एकदिवसीय क्रिकेट भारतको पुणेमा शुरु भएको छ । इङ्ल्यान्डका कप्तान इओन मर्गनले टस जितेर पहिले बलिङको निर्णय गरेका थिए ।


ADVERTISEMENT


यी दुई टिमबीच तीन वटा एकदिवसीय क्रिकेट खेल हुँदैछन् । पाँच खेलको टी२० क्रिकेट शृंखला ३–२ ले हारेको इङ्ल्यान्डले मोइन अलि र साम बिलिङ्सलाई टिममा पुनः बोलाएको छ ।


ADVERTISEMENT

# # #


भारतीय टिममा पनि अलराउन्डर क्रुनाल पान्ड्या र मध्य तिब्र गतिका बलर प्रसिध कृष्णलाई पहिलो पटक अवसर दिइएको छ । विकेट किपरको भूमिकामा रहने केएल राहुलले पाँचौं क्रममा ब्याटिङ गर्नेछन् ।

भारतीय कप्तान विराट कोहलीले आफूहरुले ब्याटिङ गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिए । भारतीय टिममा रोहित शर्मा, शिखर धवन, श्रेयस ऐयर, विराट कोहली, केएल राहुल, हार्दिक पान्ड्या, क्रुनाल पान्ड्या, शार्दुल ठाकुर, भुवनेश्वर कुमार, कुलदीप यादव र प्रसिध कृष्ण रहेका छन् ।

यस्तै, इङ्ल्यान्ड टिममा जेसन रोय, जोन्नी बेयरस्ट, बेन स्टोक्स, इअन मोर्गन, जस बटलर, साम बिलिङ्स, मोइन अलि, साम कुरान, टम कुरान, अदिल रशिद र मार्क उड रहेका छन् ।

भारतले २९.१ ओभरको खेल सकिँदा एक विकेटको क्षतिमा १५१ रन बनाएको छ । प्रारम्भिक ब्याट्सम्यान रोहित शर्मा २८ रनमा आउट भएका छन् । अहिले शिखर धवनले अर्थशतक बनाएर खेलिरहेका छन् । उनले ७१ रन बनाइसकेका छन् । यस्तै कप्तान विरोट कोहली पनि अर्धशतक बनाएर खेलिरहेका छन् ।