काठमाडौँ – काँग्रेस सभापति शेरबहादुर देउवालो प्रधानमन्त्री ओलीविरुद्ध काँग्रेसले अविश्वासको प्रस्ताव नल्याउने बताएका छन् । काँग्रेस नेता अशोक कोइरालाको श्रद्धाञ्जली सभामा सहभागी हुन विराटनगर पुगेका देउवाले पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै तत्काल प्रधानमन्त्री केपी ओलीविरुद्ध आफ्नो पार्टीले अविश्वासको प्रस्तावसमेत नल्याउने बताए ।


ADVERTISEMENT


उनले अहिले काँग्रेसले नेतृत्व लिने वातावरण बनिनसकेको बताए । ‘एमाले र माओवादी केन्द्र दुइटा पार्टी ब्युँतिएपनि अहिले बहुमतको सरकार छ । शेरबहादुरले प्रधानमन्त्री खाँदै खाएन भन्ने हल्ला छ,’ आफू चाहेर पनि तत्काल प्रधानमन्त्री बन्न नसक्ने बताउँदै उनले भने, ‘खान्छु भनेर मात्रै भएन नि ।’


ADVERTISEMENT

# # #


पत्रकारहरुका सरकार कहिले बनाउने, किन नबनाएको, देशलाई कहिलेसम्म अनिर्णयको बन्दी बनाउने जस्ता प्रश्नमा देउवा जंग्गिदै आफूहरु विपक्षी दल भएको बताएका थिए । उनले भने, ‘हामी विपक्षी पार्टी हो, विपक्षी पार्टी हो, विपक्षी पार्टी हो, सुन्नु भएन ल जानोस् ।’