निर्वाचन आयोगले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई सरुवा गर्न अनुमति दिने निर्णय गरेको छ । आयोगले आपूर्ति मन्त्रालयले माग गरेअनुसार खड्काको सरुवा गर्न सहमति दिएको हो । आपूर्ति मन्त्रालयले गत बिहीवार निर्वाचन आयोगलाई पत्र लेखी निगमका कार्यकारी निर्देशक खड्कालाई मन्त्रालय झिकाई काममा लगाउन आयोगसंग सहमति मागेको थियो ।


ADVERTISEMENT


आयोगको निर्वाचन आचारसंहिता सम्बन्धी बैठकले मन्त्रायललाई सो अनुमति दिने निर्णय गरेको हो । निगमको जग्गा खरिदका क्रममा भ्रष्टाचार गरेको भन्दै मन्त्रिपरिषद्को बैठकले असोज २ गते उनलाई पदबाट बर्खास्त गरेको थियो । लगत्तै सर्वोच्च अदालतको आदेशअनुसार उनी पदमा बहाल भएका थिए । आजको कान्तिपुरबाट


ADVERTISEMENT

# # #