वीरगञ्ज– सशस्त्र प्रहरीले अवैध रूपमा भारतबाट ल्याइएको धानको बोराभित्र करोडौँ मूल्य बराबरको लुकाइछिपाइ ल्याइरहेको कपडासहित एक भारतीय ट्रकलाई नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT


भारतबाट आइसिपीको बाटो हुँदै काठमाडौँ जान लागेको बिआर ०६ जिबी ४१५६ नंको भारतीय ट्रकलाई आइसिपी गेटनेर जाँच गर्दा धानको बोरामुनि करिब रु. एक करोड मूल्य बराबरको कपडा लुकाइछिपाइ ल्याइरहेको अवस्थामा फेला परेको सशस्त्र प्रहरी प्रदेश नं २ कार्यालय महोत्तरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


उक्त भारतीय ट्रकमा धानको बोरामुनि सटिङसुटिङ, कुर्ता सुरुवाल, साडीलगायतका कपडा रहेको जनाइएको छ । सामानसहित सो ट्रकलाई आवश्यक कारवाहीका लागि पथलैयास्थित राजश्व अनुसन्धान कार्यालय पठाइएको छ । सो ट्रक र सामान काठमाडौँका इन्द्रमलको रहेको बुझिएको छ । रासस