काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबारदेखि तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


बैंकले नवलपरासी जिल्लाको रामग्राम नगरपालिका–३, परासी, मोरङ जिल्लाको विराटनगर महानगरपालिका–४, कन्चनबारी र झापा जिल्लाको भद्रपुर नगरपालिका–५, भद्रपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । तीन वटा नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २७३ पुगेको बैँकले जनाएको छ ।


ADVERTISEMENT

# # #


ग्लोबल आइएमई बैंकले देशका ७६ जिल्लामा २७३ शाखा सञ्जाल सहित २४२ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २५७ शाखा रहित बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । यस्तै ३ वटा अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत पनि बैँकले सेवा प्रदान गर्दै आएको छ ।