दाङ – बालगृहको संरक्षणमा बस्दै आएकी बालिका संरक्षकबाटै लामो समयदेखि बलात्कृत हुँदै आएको घटना बाहिरिएको छ । दाङको तुल्सीपुरमा असहाय बाल विकास नेपालका अध्यक्ष विष्णु चौधरीले ६ महीनादेखि पटक पटक आफूलाई बलात्कार गरेको भन्दै १४ वर्षीया बालिकाले प्रहरीमा उजुरी दिएकी छन् ।


ADVERTISEMENT


बालगृहमा बस्ने ती बालिकाले आफूमाथि सञ्चालकबाटै पटक पटक बलात्कार भएको उजुरी दिएपछि सञ्चालक चौधरी फरार छन् । प्रहरीले चौधरीको खोजी तीव्र गरेको छ भने बालबालिका जोखिममा रहेको पाइएकाले स्थानान्तरण गर्न लागिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


३१ वर्षीय चौधरी १२ वर्षअघि भएको एक सामुहिक बलात्कारको मुद्दामा पनि दोषी पाइएका थिए । २०७२ मा उक्त मुद्दामाथि फैसला गर्दै सर्वोच्च अदालतले उनीमाथि १० वर्ष कैद र ५० हजार जरिवाना गरेपनि ८८ दिनमै उनी छुटेका थिए ।