काठमाडौँ – चीनले नेपाललाई उपलब्ध गराउने भनेको ८ लाख डोज कोरोनाविरुद्धको खोप नेपाल आइपुगको छ । उक्त परिमाणको खोप सोमबार चीनबाट नेपाल एयरलाइन्सको जहाजमार्फत आइपुगेको हो ।


ADVERTISEMENT


आइतवार चिनियाँ खोप लिन नेपाल वायुसेवा निगमको वाइड बडी ए ३३० जहाजले चीनको पेचिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थलको उडान गरेको थियो ।


ADVERTISEMENT

# # #


सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि चिनियाँ राजदूत होउ यांकीले खोप स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेकी हुन् ।

चीनले अनुदानमा दिने भनेको खोप नेपाली जहाज जान ढिलाइ भएकै कारण खोप ल्याउन ढिलाइ भएकोमा गत चैत १० गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप ल्याउनका लागि नेपाली जहाज चीन पठाउने निर्णय गरेको थियो ।