काठमाडौँ– राष्ट्रिय जनमोर्चाको चौँथो राष्ट्रिय सम्मेलन वुटवलमा हुने भएको छ ।


ADVERTISEMENT


प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ एक सिट जीतेको जनमोर्चाको चौँथो राष्ट्रिय सम्मेलन आगामी चैत २४ देखि २६ गतेसम्म वुटवलमा हुन लागेको हो ।


ADVERTISEMENT

# # #


सम्मेलनमा नयाँ केन्द्रीय समिति चयन, राजनीतिक प्रतिवेदन पेश, पार्टीको विधान संशोधन गर्नेलगायतको कार्यक्रम रहेको पार्टीका नेता आनन्द शर्माले जानकारी दिएका छन् । सम्मेलनको उद्घाटन जनमोर्चाका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले गर्ने कार्यक्रम रहेको छ ।

जनमोर्चाको राष्ट्रिय सम्मेलनमा विभिन्न राजनीतिक दलका नेतासमेतलाई आमन्त्रण गरिएको नेता शर्माले बताए । सम्मेलनमा देशभरका ७० भन्दाबढी जिल्लाका प्रतिनिधीको सहभागीता रहनेछ । रासस