काठमाडौँ – नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले संयुक्त वक्तव्य जारी गरेको छ ।


ADVERTISEMENT


उक्त समूहको मंगलबार बसेको स्थायी कमिटीको बैठकले नवौँ राष्ट्रिय महाधिवेशनको विधान, सिद्धान्त, नीतिको रक्षाका लागि अग्रसर हुनुपर्छ भन्ने मान्यताका साथ संयुक्त वक्तव्य जारी गरेको एमाले उपाध्यक्ष तथा नेपाल निकट भीम रावलले जानकारी दिए ।


ADVERTISEMENT

# # #


पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले गन फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाविरुद्ध एमालेलाई विभाजन गरी नेपालको कम्युनिस्ट आन्दोलनलाई नै विसर्जन गर्ने दुष्प्रयत्न गरेको आरोप लगाइएको छ ।

जारी संयुक्त वक्तव्यमा भनिएको छ, ‘वैधानिक किसिमले विघटन गर्ने निर्णय बदर भएपछि उत्तेजित बन्नुभएका केपी शर्मा ओलीबाट राज्यका विभिन्न निकायलाई निकम्मा बनाउनुका साथै नेकपा एमाले विभाजित गरी कम्युनिष्ट आन्दोलनलाई ध्वस्त गर्ने षडयन्त्रपूर्ण काम भइरहेका छन् ।’

वक्तव्यमा अघि भनिएको छ, ‘आफैले गोप्य सम्झौतामार्फत घोषणा गरेको नेकपा माओवादी केन्द्रसँको एकीकरणका विरुद्ध अनेकौँ षड्यन्त्र गर्दै पार्टी एकतालाई भंग गर्न उद्धत केपी शर्माओलीबाट गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि पुनर्जीवित नेकपा एमालेलाई समेत विभाजन गरी नेपालको कम्युनिस्ट आन्दोलनलाई नै विसर्जन गर्ने दुष्प्रयत्न भइरहेको छ ।’

नेकपा एमाले एकीकरणपूर्वको अवस्थामा फर्केपछि केन्द्रदेखि स्थानीय तहसम्मका सबै संगठनात्मक संरचना र जनसंगठनलाई पनि पूर्ववत क्रियाशील गनुपर्ने आफूहरुको प्रस्तावलाई ओलीले स्वीकार नगरेको बताइएको छ । प्रधानमन्त्री ओलीले फागनु २८ गते बालुवाटारमा आफू निकट केन्द्रीय कमिटीको बैठकमार्फत नवौँ महाधिवेशनको केन्द्रीय कमिटी भंग गर्दै दशौँ महाधिवेशन आयोजनक कमिटी बनाएका थिए । यस्तै उनले नेकपा माओवादीबाट आएका गृहमन्त्री रामबहादुर थापा लगायतका नेतालाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेका थिए ।

नेपाल–माधव समूहले उक्त निर्णयलाई फिर्ता लिएर पार्टी एकतालाई जोगाउन आग्रह गरिरहेको थियो । तर, प्रधानमन्त्री ओलीले आफू निर्णयबाट फिर्ता नहुने बताउँदै आएका छन् । उनले माधव नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डेलाई स्पष्टि करण समेत सोधेका थिए ।