काठमाडौँ – यातायात व्यवस्था विभागले सयमा ७० अंक मात्र ल्याए पनि सवारी लाइसेन्सका लागि योग्य ठहरिने नयाँ नियम ल्याउन लागेको छ । विभागले जेठ १ गतेदेखि अंकमा आधारित मूल्यांकन प्रणाली लागू गर्न लागेको हो ।


ADVERTISEMENT


विभागले विभिन्न ८ चरणमा लाइसेन्सका लागि परीक्षा लिने गरेको छ । जसमा अहिलेसम्म १ सय पूर्णांकको हुने उक्त परीक्षामा पूरै अंक ल्याउनुपर्ने प्रावधान छे । उक्त चरणमा कुनै पनि एक गल्ती भएमा उक्त व्यक्ति लाइसेन्सका लागि अयोग्य भएको मानिन्थ्यो । तर, नयाँ मापदण्डअनुसार विभागले मूल्यांकनका लागि अंक विभाजन गरेको छ । चालकले कुल गरी ७० अंक मात्र प्राप्त गरे पनि सवारी चालक अनुमतिपत्रका लागि योग्य ठहरिने विभागका प्रवक्ता भुसालले बताए ।


ADVERTISEMENT

# # #


प्रयोगात्मक परीक्षासँगै विभागले लिखित परीक्षामा पनि संशोधन गर्ने भएको छ । यसका लागि विभागले वेबसाइटमै ५ सय देखि १ हजारसम्म प्रश्न राखेर त्यहीँबाट लिखित परीक्षामा प्रश्न सोध्नेछ । तिनै प्रश्नबाट छानेर परीक्षामा प्रश्न सोधिने विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिए ।