महोत्तरी – महोत्तरीको बर्दिबासमा अज्ञात समूहले चलाएको गोली लागेर एक जना घाइते भएका छन् ।


ADVERTISEMENT


बुधवार बेलुका साढे सात बजे औरही नगरपालिकाको सेरामा भएको गोली प्रहारबाट बर्दिबासका ३१ वर्षीय रोशन कोइराला घाइते भएका छन् ।


ADVERTISEMENT

# # #


घाइतेलाई उपचारका लागि राति नै काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक बालिष्टर सिंहले बताए ।

गोली चलाउने समूहको खोजी भइरहेको जानकारी सिँहले दिएका छन् ।