काठमाडौँ – भारतीय सहयोगमा निर्मित हुलाकी राजमार्गअन्तर्गतका १० वटा सडक हस्तान्तरण गरिएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङले बुधवार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच संयुक्त रुपमा ती सडकको उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT


भारतीय रु. ८ अर्ब अनुदानमा ती सडकको निर्माण गरिएको हो, जसमा ५१ करोड नेपाली लागत रहेको छ ।


ADVERTISEMENT

# # #


नेपालको तराई क्षेत्रका सडक पूर्वाधारलाई स्तरोन्नति गर्ने सम्बन्धमा भारत र नेपालबीच भएको सहमति अनुरुप नेपाल सरकारले दश अत्यन्त आवश्यक सडकको पहिचान गरेको थियो, जसलाई हुलाकी राजमार्ग नामगले पनि चिनिन्छ भने यी सडकहरुले पूर्व—पश्चिम राजमार्गमा अवस्थित प्रमुख शहरहरुलाई भारत—नेपाल सीमासँग जोड्दछन् । नेपालको प्रदेश नं १, २ र ५ का सात सीमावर्ती जिल्लामा अवस्थित यी सडकहरुले २८४ भन्दा बढी वडा, १४९ वटा गाउँ, १८ वटा गाउँपालिका, १८ वटा नगरपालिका, एक उप–महानगरपालिका र एक महानगरपालिकाका जनताहरुलाई जोड्न सघाउ पुर्याएको छ ।

नेपालको सडक विभागले निर्धारण गरेको मापदण्ड अनुरुप यी दश सडकहरुको निर्माण गरिएको हो । प्रत्येक सडकमा सात मिटर कैरियज वे र सडकको दुवै तर्फ दुई मिटरको रोड शोल्डरको व्यवस्था गरिएको छ । यी सडकमा ढल, बसोबास क्षेत्रमा रेलिङ्ग सहितको पदमार्ग, सडक चिन्ह र अन्य सडक फर्निचरको सुविधा पनि राखिएको छ । यस परियोजना अन्तर्गत ६५२ भन्दा बढी कल्भर्ट र १११ किलोमिटर भन्दा बढी ड्रेनेज नेटवर्कको पनि निर्माण गरिएको छ ।

ठेक्का उद्देश्यका लागि यी १० सडकहरुलाई १४ वटा प्याकेजमा विभाजन गरिएको थियो । यी सडकहरुको निर्माण हेतु सन् २०१६ अक्टोबर देखि सन् २०१७ नोभेम्बरसम्मको अवधिमा सडक विभागले १४ वटा ठेक्का हस्तान्तरण गरेको थियो । यी सडकहरुको निर्माणका लागि विशेष विवरणहरु सडक विभागले तयार पारेको विस्तृत परियोजना विवरणमा समावेश गरिएको छ । यस परियोजनाका लागि भारत सरकारको परामर्शदाताको रुपमा राष्ट्रिय राजमार्ग एवम् पूर्वाधार विकास निगम लिमिटेडलाई चयन गरिएको थियो ।

भारत सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएका तराई सडक परियोजनाले नेपालको तराई क्षेत्रको सडक पूर्वाधारलाई स्तरोन्नत गर्न ठूलो सहयोग पुर्याउनुका साथै दुई देशका जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको राजदूत क्वात्रालो बताए । यी हुलाकी सडकले हालै भारतले नेपालमा निर्माण सम्पन्न गरेका र निर्माणाधीन अन्य प्रमुख सीमा पूर्वाधारहरु जस्तै वीरगञ्ज र विराटनगरमा अवस्थित एकीकृत चेक पोष्ट तथा अन्तरदेशीय रेलमार्गलाई पनि सहजता प्रदान गरेको छ । भारत सरकारको आर्थिक सहयोगमै भारतको जयनगरदेखि नेपालको कुर्थासम्म अन्तरदेशीय रेलमार्गको निर्माण सम्पन्न भइसकेको छ र यस परियोजनलाई सञ्चालनमा ल्याउने गरी नेपाल सरकारलाई हस्तान्तरण गर्न तयारी अवस्थामा छ । यस सम्बन्धमा दुवै पक्षले यात्रुवाहक रेललाई सञ्चालनमा ल्याउन अन्तिम तयारी गरिरहेको जानकारी उनले दिए ।

बाराको मनमत—कलैया—मटियर्वा, धनुषाको बीरेन्द्रबजार—यदुकुहा—महिन्थपुर, महोत्तरीको माइस्थान—गौशालाबजार—सम्शी र जलेश्वर—हर्दी सडक हस्तान्तरण गरिएको हो । यसैगरी दाङको लमही—कोइलाबास, मोरङ्गको कानेपोखरी—रङ्गेली, सप्तरीको कल्याणपुर—बरसाइ—सुभ्रानपट्टी, बाराको तामागढी—सिम्रौनगढका साथै बाराकै तामागढी—सिम्रौनगढ र पर्साको बीरगंज—ठोरी सडक हस्तान्तरण गरिएको हो ।

No description available.