काठमाडौँ – नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलाविरुद्धमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनरावलोकनको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर ‘राणाले आफ्नै इजलासमा राखेका छन् ।


ADVERTISEMENT


मंगलवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टीका नेताहरु र वरिष्ठ अधिवक्ताकासाथ सर्वोच्च पुगेर निवेदन दर्ता गराएका थिए ।


ADVERTISEMENT

# # #


उक्त मुद्दामाथि आज सुनुवाइ हुन लागेकोमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नै इजलासमा राखेर उक्त मुद्दाको सुनुवाइ गर्न लागेका हुन्। प्रधानन्यायाधीश राणा, न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले आज उक्त मुद्दाको सुनुवाइ गर्न लागेको हो ।

आजको इजलासले उक्त फैसला पुनरावलोकन गर्न स्वीकृति दिने वा नदिने निर्णय गर्ने छ।

सर्वोच्चले नेकपा नामको विवादमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताएर एकीकरण नै रद्द गरिदिएपछि अध्यक्ष प्रचण्डले पार्टीको नाम सम्बन्धी विवादमा परेको मुद्दामा भएको फैसला अस्वभाविक, अप्राकृतिक र राजनीतिक प्रकृतिको रहेको बताउँदै आएका छन् ।