काठमाडौँ – सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले तत्काल फिर्ता नलिने भएको छ ।


ADVERTISEMENT


माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले तत्काल समर्थन फिर्ताको निर्णय नगर्ने र आगामी शनिवार वा आइतवार बस्ने स्थायी कमिटीको बैठकबाट मात्रै केही निर्णय गर्ने जानकारी दिए ।


ADVERTISEMENT

# # #


गत शनिवार वृहत् नागरिक आन्दोलनले गरेको एक कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले एक दुई दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका थिए । उक्त कार्यक्रममा उनले आफ्नो राजनीतिक भविष्यको प्रवाह नगरी तत्कालै समर्थन फिर्ता लिइहाल्ने दाबी गरेका थिए ।