काठमाडौँ – डीआइजीद्वय चन्द्रप्रकाश (सीपी) गौतम र नेपाल प्रहरीका २ नम्बर प्रदेश प्रमुख धिरजप्रताप सिँहको कमाण्डले सिमा पारी पुर्याइएका महोत्तरीका सात युवतीलाई सकुशल नेपाल फर्काएको छ ।


ADVERTISEMENT


युवतीहरु हराएको थाहा पाएपछि चलाइएको अपरेशनले भारत पुगिसकेका नेपाली चेलीहरुको सकुशल उद्वार गर्न सफल भएको डीआइजी गौतमले हिमालयपोष्टलाई जानकारी दिए ।


ADVERTISEMENT

# # #


महोत्तरी भंगाहा धर्मकोटका सात जना किशोरीहरु घाँस काट्न भनी निस्किएका युवतीहरु साँझ अबेरसम्म नफर्किएपछि उनीहरुको खोजीकार्य शुरु गरिएको थियो । ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगिना पासवान र २० वर्षीया अस्मिता पासवान एकै ठाउँका नातागोताभित्र किशोरी हराएको हल्ला घर छिमेक हुँदै प्रहरीकहाँ पुगेपछि प्रहरीले अपरेशन चलाएको छ ।

प्रहरी हुँदै सशस्त्रसम्म पुगेपछि दुबै प्रहरीले ती युवतीहरु सिमा पारि पुगेको अनुमान गरिसकेका थिए । त्यसैअनुसार अपरेशन चलाइएकोमा सिमाबाट सकुशल फर्काएको डीआइजी गौतमले बताए ।

आपसी सम्वनयमा सिमा सिल गरेर भारतीय प्रहरीसँग सहकार्य गरी बेपत्ता युवतीको उद्वार गरिएको डिआइजी सिँहले जानकारी दिए ।