काठमाडौँ – एभरेष्ट बैंक लिमिटेडको जिम्मेवारी पहिलोपटक नेपाली व्यक्तिलाई दिइएको छ । बैंकले प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुदेश खालिङलाई नियुक्त गरेको हो ।


ADVERTISEMENT


२५ वर्षअघि स्थापित एभरेष्ट बैंकको जिम्मेवारी हालसम्म भारतीय नागरिकहरुले सम्हालेका थिए । बैंकले आफ्नो संयुक्त लगानी भएको भारतीय पञ्जाब नेशनल बैंकबाट सीईओ ल्याउने गरेको थियो ।


ADVERTISEMENT

# # #


बैंकको सञ्चालक समितिले गजेन्द्रबहादुर नेगीलाई नेतृत्वबाट फिर्ता पठाउँदै खालिङलाई नियुक्त गर्ने निर्णय गरेको हो । सीईओ नियुक्त हुने भएपछि यसअघि सिटिजन्स बैंकको सञ्चालक समितिमा रहेका खालिङले दुई साता अघि सञ्चालक समितिबाट राजीनामा दिइसकेका छन् ।