राजविराज– सप्तरीको तिलाठी कोइलारी गाउँपालिकामा गए राति आगलागी हुँदा करिब रु छ लाख मूल्य बराबरको क्षति भएको छ ।


ADVERTISEMENT


वडा नं ६ निवासी सुधांशुप्रसाद सिंहको गोठ र स्टोर कोठामा आगलागी हुँदा घरभित्र रहेको सन्दुक, लत्ताकपडा, भाडावर्तन, नगद जिन्सी तथा विभिन्न सरसमान गरी करिब रु छ लाख बराबरको समान धनजन क्षति प्रहरीले जनाएको हो ।


ADVERTISEMENT

# # #


हालसम्म कुन कारणले कसरी आगलागी भएको खुल्न सकेको छैन । प्रहरीले पनि सो घरभित्र रहेको सन्दुक, लत्ताकपडा, भाडावर्तन, नगद जिन्सी तथा विभिन्न सरसमान गरी करिब रु छ लाख बराबरको समान नष्ट जनाएको छ ।

आगो स्थानीयवासी, प्रहरी र हनुमाननगर कङ्कालिनी नगरपालिकाबाट गएको बारुणयन्त्रले नियन्त्रमा लिएको थियो । यस्तै तिरहुत गाउँपालिका–४ डिमनमा पनि आज बिहान भगवती यादवको घर अगाडि जम्मा गरिएको गहुँ बाली जलेर नष्ट भएको छ ।

करिब दुई बिघा जमिनमा लगाइएको गहुँ बाली नष्ट भएको स्थानीयवासी शैलेश यादवले बताए । रासस