उदयपुर– ताप्ली गाउँपालिका–४ थान पोखरीस्थित हीरा तामाङको घरमा आगलागी हुँदा घरगोठ जलेर क्षति भई रु. १५ लाखभन्दा बढीको नोक्सानी भएको छ ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यलयका अनुसार, आइतबार साँझ तामाङको गोठबाट सल्केको र आगो घरमा समेत लाग्दा घरगोठ दुवै जलेर नष्ट भएको हो ।


ADVERTISEMENT

# # #


घरगोठ दुवै नष्ट हुँदा घरमा रहेका लत्ताकपडा अन्नपात, नगद रु. २५ हजारसमेत जलेर रु. १५ लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भीमप्रसाद दाहालले बताए ।

आइतबार बेलुकी तामाङको घरगोठमा आगलागी भएपछि प्रहरीचौकी ताप्ली रुपाटरका प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा आएको बताइएको छ । रासस